काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची रहेको छ ।
राष्ट्रियसभाबाट बिहीबार बजेट पारित भएको थियो । संसद सचिवालयद्वारा सार्वजनिक सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्नेछन् ।
शिक्षामन्त्री अशोककुमार राईले राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।