काठमाडौं । राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छन् ।
मंगलवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरु दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरिन् । उनले असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन आग्रह गरिन् । उनले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको बताइन् ।
राष्ट्रियसभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गरिन् ।

























