काठमाडौ । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनिश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताएका छन् ।
मंगलवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु लगानीको सुनश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताए । उनले अहिलेको सरकार र गठबन्धनका दलहरुले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको आरोप लगाए ।
राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रधानमन्त्री र सिंगो मन्त्रीपरिषद्ले लगानीमैत्री वातावरण बनाउन नसकेको बताए ।

























