काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा एकजना नेपाली पाइलटसहित ५ मेक्सिकन नागरिक रहेका पुष्टि भएको छ।
सोलुखुम्बुको सुर्के हेलिप्याडबाट बिहान १० बजेर १२ मिनेटमा उडेर काठमाडौं आउँदै गएको हेलिकोप्टर दूधकुण्ड नगरपालिका र लिखु पिके गाउँपालिकाको सीमास्थित लामाजुरा क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको थियो ।
उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको लिखु पिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले बताएका छन् । दुर्घटनाग्रस्त क्षेत्रमा स्थानीयलाई पठाइएको उनले बताएका छन् । हेलिकोप्टर क्षतविक्षत भएकाले यात्रुलाई जीवितै भेट्ने सम्भावना कम रहेको उनले बताएका छन् ।
सीबी गुरुङले कमान्ड गरेको हेलिकोप्टरमा मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष रहेका छन् ।
मनाङको यात्रु लिस्टअनुसार हेलिकोप्टरमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन् ।