काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ गरेको छ ।
आइतबार ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल रहेको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
सरकारको नाममा रहेको ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्याउन उनीहरूको भूमिका रहेको देखिएकाले पक्राउ गरिएको उनले बताए ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।



















