काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ओपीडी सेवा अबदेखि विहान ८ बजेबाट सञ्चालन हुने भएको छ । शुक्रबार भएको न्याम्सको परिषद् बैठकले साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि दिँसो ४ बजेसम्म सञलन हुने निर्णय गरेको छ । हाल, बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको थियो ।
न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतले बिरामी बिहान चाँडै आउने र बढी भीडभाड हुने भएकाले ओपीडीलगायतका अन्य सेवा सहज बनाउन समय तालिका परिवर्तन गरिएको बताएका छन् ।
बिरामीहरु सेवा लिन विहान ७ बजे नै अस्पताल आइसक्ने र ९ बजेसम्म कुर्नुपर्ने भएकाले बिरामीलाई सहज र छिट्टै सेवा दिनका लागि ओपीडीलगायत अस्पतालका अन्य सेवा अबदेखि ८ बजेबाट सञ्चालन गर्न लागिएको बस्नेतले बताएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा बिहान ८ देखि बेलुका ८ सम्म ओपीडी सेव सञ्चालन गर्ने उल्लेख गरिएको भएपनि बजेटमा यो विषय आएको छैन ।
प्रयोशाला, ओपीडी टिकट काउन्टर विहान ७ बजेनै खुलिसक्ने र नर्सिङ सिफ्ट पनि ८ बजे परिवर्तन हुने बताउँदै डा. बस्नेतले अप्रेशन, ओपीडी सेवालगायतका अन्य सेवा विहान ८ देखि ४ बजेसम्म सञ्चालन हुने जानकारी दिएका छन् ।
वीर अस्पतालमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेको उपकुलपति डा. बस्नेतले जानकारी दिएका छन् ।