विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले आज नियुक्त गरेका तीन जना मन्त्रीलाई आजै प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ गराएका हुन् ।
माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ भने अरुलाई मन्त्रालयको जिम्मेवरी दिइएको छैन ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जना मन्त्री नियुक्त भएका थिए । कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवार मन्त्री भएका थिए ।