विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका हुन ।
माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् ।
आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ भने अन्यलाई मन्त्रालय तोकिएको छैन । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई हुन । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम आजै हुने बताइएको छ ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त गरिएको थियो ।