काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले नै ललिता निवासको जग्गा सम्बन्धी छानबिन आफ्नो गरेको वताउँदै अहिलेको छानविन राजनीतिक स्टन्टबाजी मात्र भएको बताएका छन् ।
काठमाडौंमा आयोजित स्ववियु काउन्सिल नेपालको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले भनेका छन् “ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो । यसमा गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला । अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन् । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस् ।”
ओलीले एमाले स्वच्छता, पारदर्शिता, कानुनीराज, लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने बताएका छन् ।