धनगढी । सुदूरपश्चिमका सत्ता पक्षकै सांसदहरूले बजेट संसोधन नभए सरकार नै ढाल्ने चेतावनी दिएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका ६ जना, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यस्तो चेतावनी दिएका हुन् ।
सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वको सरकार छ। कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री छन् भने कांग्रेसकै प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री छन्। १९ सिटसहित सरकारमा गएको कांग्रेसका ६ जना सांसदहरूले नै बजेटको विरोध गर्दै आएका छन् । कैलालीबाट प्रकाश बम, कञ्चनपुरबाट सांसद बहादुर सिह थापा, अछामबाट सांसद मेघराज खडका सहितका ६ जना सांसद बजेटको विरोधमा छन् ।
उनीहरूले आफ्नै पार्टीका मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले आ-आफ्नो निर्वाचन क्षेत्रमा बजेट केन्द्रित पारेको आरोप लगाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते २९ अर्बको बजेट ल्याएको थियो। नेकपा एकीकृत समाजवादीले त अर्थमन्त्री नरेश बहादुर शाहीलाई फिर्ता बोलाउने मुड बनाएको पनि स्रोतले बतायो ।
नेकपा एकीकृत समाजवादी त बजेटको सुरुवातदेखि नै विरोधमा उत्रिएको थियो। माओवादीका एक नेताले बजेट कर्मचारीको हातमा गएको आरोप लगाए। ‘गत वर्षभन्दा बजेटको आकार ८ अर्बले घटाइएको छ ।




















