काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा पुगेको हो।
सेन्सेटिभ इण्डेक्स ५.८९ अंकले घटेर ३८२.७४ विन्दुमा अडिएको छ । २२७ कम्पनीको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँमा खरिदबिक्री भयो।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक १२.७३ अंकले वृद्धि भएको थियो। सो दिन २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँको सेयर कारोबार भयो।
आज नेप्से परिसूचक घटेपनि मंगलबारको तु्लनामा कारोबार रकम भने बढेको छ।
यसदिन दुईवटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो।
दोहोरो अंकले घटेको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो। बीपीडब्लू लघुवित्त वित्तीय संस्था र मोदी इनर्जीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको हो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १६ करोडको कारोबार भयो ।
हिमालयन लाइफ इन्स्योरेन्सको १३ करोड र र सोल्टी होटलको ९ करोड बढी मूल्यको सेयर कारोबार गरी क्रमश दोस्रो र तेस्रो स्थानमा रहे।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। लाइफ इन्स्योरेन्स उपसमूहको सूचक सर्वाधिक ३.३१ प्रतिशतले घट्यो।
आज २०९ कम्पनीको मूल्य घट्दा १५ को मात्रै बढ्यो। बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो ।
























