काठमाडौं । सप्तरीको राजविराज र आसपास भारी वर्षा भएकाले नदी छेउछाउका तथा डुबान भइरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले सूचना जारी गर्दै पछिल्लो ३ घण्टा सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको हुदाँ सो क्षेत्र भई बहने ससाना नदीहरू तथा डुबान भइरहने होचो स्थानहरूमा बाढीको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन भनेको छ ।
























