काठमाडौं । कानुन व्यवसायीहरुले जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङले राजीनामा दिनुपर्ने बताएका छन् ।
जिल्ला अदालत ललितपुरकी नासु तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालहाल भएको घटनालाई लिएर कानुनी व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। लामिछानेलाई प्रहरीले पक्राउ गरी थुनामा राखेपछि कानुन व्यवसायीले आपत्ति जनाउँदै आज ललितपुरमा विरोध सभा समेत गरेका छन् ।
नेपाल बार एशोसीयसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले भ्रष्टाचारी कर्मचारी रहुञ्जेलसम्म सहमति हुन नसक्ने बताए । उनले बारविहीन न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताए।
कानुन व्यवसायीले लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनुपर्ने, घटनाको छानबिन हुनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने माग राखेर प्रदर्शन गरेका छन् ।



















