काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली बालुवाटारस्थित ललिता निवास पुगेर स्थलगत निरीक्षण गरेको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा छानबिन भइरहेकै बेला काठमाडौं महानगरपालिकाको टोलीले सो क्षेत्रलाई घेराबारा गरेको छ ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनपछि महानगरीय प्रहरी बलको टोलीले ललिता निवासको विवादित जग्गा घेराबारा गर्न गरेको हो ।
सीआईबीले ललिता निवास जग्गा हिनामिना काण्डमा सरकारी कर्मचारी, व्यवसायी, भू–माफियासहित ४ सय जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दायर गर्नुपर्ने निष्कर्ष निकालेको छ। ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने १ सय ३६ रोपनी जग्गा अतिक्रमण भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेको थियो । उनीहरुमाथि आवश्यक अनुसन्धान जारी रहेको छ ।



















