काठमाडौ । आइतबार सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।
यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तोलामा छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ लाख ३७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
























