काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयकमाथि छलफल हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्ने संसद सचिवालयले जनाएको छ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक–२०८० पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
आजै उनले राष्ट्र ऋण उठाउने विधेयक-२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन् । त्यसमाथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।
अब यी विधेयक पारिस भएपछि बजेट कार्यान्वयनको बाटो खुल्नेछ । विनियोजन विधेयक यसअघि नै पारिस भइसकेको छ ।