काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन आयोगको जिल्ला संरचना अहिले कै अवस्थामा कायम रहने स्पष्ट पारेका छन् ।
जिल्ला निर्वाचन कार्यालय खारेजी गर्न लागिएको भन्दै एमाले र रास्वपाले विरोध जनाएपछि मंगलबार प्रतिनिधिसभाको दोश्रो बैठकमा यस बिषयमा जानकारी दिर्दै अर्थमन्त्री महतले निर्वाचनको स्वतन्त्रताको पक्षमा आफुहरु रहेको भन्दै आयोगको जिल्ला संरचना अहिले कै अवस्थामा कायम रहने स्पष्ट पारेका हुन ।
उनले निर्वाचन आयोगले चाहे अनुसार नै जिल्ला निर्वाचन कार्यालय रहने बताएका छन् ।
निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको कुनै मनशाय नभएपनि भुलबस बजेटमा खारेजी भन्ने शव्द परेको उनको भनाइ छ । उनले प्रशासन कार्यालय परिसरमा नै जिल्ला निर्वाचन कार्यालय राख्ने तयारी भएपनि सरोकारवाला सवैसंग कुराकानी भएपछि निर्वाचन आयोगको जिल्ला संरचना हटाउने कुनै योजना नरहेको जिकिर गरेका छन् ।
अर्थमन्त्री महतले आयोगको स्वतन्त्र अस्तित्व र काम कारवाहीमा देखिएका व्यवधान समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।