काठमाडौँ । नेपाली कांग्रेसले बजेट पासका पक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेको छ।
विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०/८१ को बजेट) निर्णयार्थ प्रस्तुत बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भई विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्विप लगाएको हो । प्रमुख सचेतक रमेश लेखकले एक सूचना जारी गर्दै ह्वीप लगाएका हुन ।
कांग्रेसबाट अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतले १५ जेठमा संघीय संसदको संयुक्त वैठकमा बजेट पेश गरेका थिए ।


























