काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि बिहान ११ बजे सुरु हुँदैछ । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सचिवालयद्वारा सार्वजनिक सम्भावित कार्यसूचीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् ।