काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदले बजेट संशोधन गर्न नसक्ने हो भने संसदमा छलफल गर्नुको औचित्य नहुने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बजेट संशोधन हुँदैन भने संसदभित्रको छलफलको औचित्य माथि नै प्रश्न उठ्न थालेको भन्दै उनले हालको अवधारणालाई परिमार्जन गरेर संसदबाट बजेट परिमार्जन हुनसक्छ भन्ने बनाउनुपर्ने बताएका छन् । तर यसपटकको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने उनले बताएका छन् ।
सांसदहरु चुनाव लड्दा विकासका कुरा गर्ने तर संसदमा पुगिसकेपछि कानुन निर्माताका रुपमा परिभाषित हुने गरेको भन्दै सांसद लेखकले यो विरोधाभाषलाई स्पष्ट पार्नुपर्ने बताएका छन् ।