काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । एआर ०६ ई ७०३१ नम्बरको बस विहान नौ बजे सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते भएकाको उद्धार सुरु गरिएको छ भने राजमार्ग अवरुद्ध भएको थियो । क्रेनको सहायताले वस उठाएपछि अवरुद्ध बाटो खुलेको बताइएको छ ।
३० जना यात्रु रहेको बस दुर्घटनामा केही यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङको गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।


















