काठमाडौं । काठमाडौं महानगरभित्रका फिल्म हलहरूमा खटाइएका नगर प्रहरी फिर्ता भएका छन् । हिन्दी फिल्म रोक्न महानगरले हलहरूमा प्रहरी खटाएको थियो ।
हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।
मेयर बालेन शाहले ‘आदिपुरुष’ मा सीताबारे विवादित संवाद राखेको भन्दै सबै हिन्दी फिल्म रोक्न आदेश दिएका थिए । उच्च अदालतले हिजो भारतीय फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएपनि मेयर शाहले अदालतको आदेश नमान्ने बताएपछि हल सञ्चालकहरू भारतीय फिल्म चलाएका छैनन ।
नेपाली जनताले बहिष्कार गरेको र हलहरुले आफैले पनि भारतीय फिल्म नचलाएका कारण प्रहरी बसिरहनु नपर्ने भएकाले फिर्ता गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् । निगरानी भने जारी रहेको उनले बताएका छन् ।