काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। मंगलबार हवाई इन्धनको मूल्य घटेपछि प्राधिकरणले हवाई भाडा घटाएको हो।
नयाँ मूल्यसूचीअनुसार सबैभन्दा कम काठमाडौं-सिमराको मूल्य १३५० रुपैयाँ तोकिएको छ। सबैभन्दा धेरै विराटनगर-नेपालगन्जको ८ हजार ५५ रुपैयाँ तोकिएको छ । यसअघि सिमराको १४४० र विराटनगर-नेपालगन्जको ८ हजार ५९५ रुपैयाँ भाडा कायम रहेको थियो ।
यस्तो छ नयाँ मूल्यसूची
























