काठमाडौं । त्रिवि समाजशास्त्र संकायका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
नेविसंघका विद्यार्थी नेताको सांघातिक आक्रमणबाट घाइते भएका चलाउनेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेकै बेला सरकारले मुद्दा फिर्ता लिएसँगै उनी सर्वोच्च पुगेका हुन् ।
चलाउनेले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्दै बिहीबारका लागि पेशी तोकेको छ।
यसअघि सरकारले त्रिभुवन विश्वविधालयका उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्ध दर्ता भएको मुद्धा फिर्ता लिने निर्णय गरेको थियो । उनले सोमबारदेखि त्रिवि परिसरमा आमरण अनसन सुरु गरेका थिए ।
चलाउनेमाथि आक्रमण गर्ने विद्यार्थीलाई उन्मुक्ति दिनेगरी सरकारले मुद्दा फिर्ताको निर्णय गरेपछि सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ ।



















