काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज आईपीओ निष्काशन गर्दैछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि आइपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपश्चात सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता शेयर बिक्री खुला गरेको हो ।
यसमध्ये १० प्रतिशत ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता, सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।
बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढी अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आइआर डबल ‘बी’ माइनस रेटिङ प्रदान गरेको छ ।
























