संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभाको तुम्लिङटार आइपुगेका छन् । आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा लाग्न जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् । उनले अन्य स्वयंसेवी संघसंस्थामा अपील समेत गरे।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज,घरबारबिहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए ।

























