जनकपुर । मधेश प्रदेश सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ । प्रदेश अर्थमन्त्री सञ्जय कुमार यादवले विनियोजित बजेटमा चालु तर्फ १८ अर्ब २१ करोड रुपैयाँ छुट्टाइएको जानकारी दिएका छन् ।
पूँजीगततर्फ २५ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री यादवले जानकारी दिए । ४१.३ प्रतिशत बजेट चालु तर्फ रहेको छ भने ५८.२५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेटको स्रोत व्यवस्थापन तर्फ आन्तरिक राजश्वबाट ४ अर्ब ३७ करोड, राजश्व बाडफाँट ११ अर्ब ३८ करोड, समानिकरण अनुदानबाट ७ अर्ब ४१ करोड र चालु आर्थिक वर्षको मौजाद सञ्चिती १२ अर्ब ९० करोड रुपैयाँ स्रोत रहने रहेको जनाइएको छ।
विशेष अनुदान ४९ करोड रुपैयाँ र समपुरक अनुदान ५८ करोड र सशर्त अनुदान ४ अर्ब ५६ करोड रुपैयाँ स्रोत व्यवस्थान गरिएको छ । अपुग २ अर्ब आन्तरिक ऋण उठाने अर्थमन्त्री यादवले बताएका छन् ।
























