काठमाडौं । आज बस्ने संसदीय सुनुवाइ समितिको वैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफ हुने भएको छ । बिहीबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका कार्कीसँग समितिका सदस्यहरुले प्रश्न सोध्ने र उनले उत्तर दिने छन् ।
संसदीय समितिले अनुमोदन गरेमा कायम मुकायम प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् । संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।