काठमाडौं । नेपालमा यस वर्षको मनसुन प्रणाली भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्तको मौसम पूर्वानुमहाशाखाले बुधबार मनसुन प्रणाली नेपाल भित्रिएको जनाएको हो ।
महाशाखाका अनुसार आज नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भागमा मनसुन प्रवेश गरेको हो।
यस वर्षको मनसुन १ दिन ढिलागरी प्रवेश गरेको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो । नेपालको अन्य भू-भागमा भने केही दिनमा क्रमिकरुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी ,बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशलगायत बाँकी पहाडि भू-भागमा थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्य वर्षको संभावना रहेको महाखाशाले जनाएको छ ।
राति मधेश प्रदेशलगायत बाँकी पहाडि भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।
यस वर्षको मनसुनी प्रणालीलाई महाखाशाले निरन्तर अनुगमन गरिरहेको छ ।