काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
राष्ट्रपति पौडेलको नियमति स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टाका अवलोकन गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।