काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन् ।
नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति उनी श्रीमती आरजु देउवा राणा सहित प्रस्थान गरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए ।
देउवा २÷२ वर्षमा फलोअपमा जानुपर्नेमा पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण ३ वर्षमा स्वास्थ्य फलोअपका लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । उनी एक सातापछि स्वदेश फर्किने बताइएको छ ।