काठमाडौं । आज देशका चारवटा प्रदेशसँगै पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ भने तराईमा गर्मी यथावत रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भेगका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
सोमबारदेखि देशका अधिकांश स्थानमा मौसम बदली तथा वर्षा हुन थालेको छ । जसका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घटी गर्मी कम हुँदै गएको छ ।
तर देशका मध्य तथा पश्चिम तराई क्षेत्रमा मौसम वदली र वर्षा नभएका कारण अत्यधिक गर्मी हुने सम्भावना यथावत् देखिएको महाशाखाले जनाएको छ ।


















