काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कैलालीस्थित गेटामा निर्माणाधीन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमकै आवश्यकता भएको बताएका छन् ।
विश्वविद्यालय स्थापनार्थ आन्दोलन चर्किरहेका बेला डा. रावलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको भन्दै प्रश्न गरे ।
गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्तालसमेत गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ ।