काठमाडौँ । प्रतिनिधिसभा वैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल जारी छ। बजेठमाथि छलफलका लागि आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद् भवन (बानेश्वर) मा बस्नेछ।
सरकारले यही जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ । बजेट उपयुक्त नभएको दाबी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सच्याउन माग गरेको छ भने अन्य प्रतिपक्षी दलले पनि बजेट अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् ।
सत्ता पक्षले भने मुलुकको विकास र जनताको हितमा केन्द्रित रहेको वजेट एकदमै राम्रो, समयसान्दर्भिक र कार्यान्यवन गर्न सकिने यथार्थपरक भएको दावी गरेका छन् ।