काठमाडौं । नेकपा एमालेले कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न नसकिने बताएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताएका छन् ।
उनले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।
त्यस्तै भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो भन्ने प्रश्न पनि गरेका छन् ।
सरकारले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाउँदै सांसद भट्टराईले संसदको नियमावलीमा संसदको विशेषाधिकार हनन गर्नेमाथि कारबाही हुनसक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपति संसदभन्दामाथि नहुने बताउँदै भट्टराईले राष्ट्रपतिले संसदबाट पठाएको प्रमाणित गरेको पठाएको विधेयक मात्र प्रमाणीकरण गर्ने अधिकार रहेको स्मरण गराएका छन् ।
मृत्यु भइसकेको विधेयक प्रधानमन्त्रीले ब्यूँताउन नमिल्ने भन्दै सांसद भट्टराईले ‘मृत्यु भइसकेको विधेयकलाई व्यूँझाउने तागत प्रधानमन्त्रीसँग छ भने द्वन्द्व मारिएका १७ हजार मान्छेलाई पनि ब्यूँताइदिउन त एकपटक’ भन्दै व्यग्य गरेका छन् ।