काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले, प्रतिपक्षी दल रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि एक घण्टाका लागि स्थगित भएको छ ।
राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने उनीहरुको अडानले वैठक स्थगित भएको हो ।
प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि छलफल शुरु हुने कार्यसूची छ । आजको बैठक सुरू हुनासाथ एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए ।