काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सातबुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सातबुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।
पेट्रोलियम पाइपलाइन, तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्टलगायतमा सम्झौता भएको छ ।
सुनौली–भैरहवा इन्टीग्रेटेड चेक पोष्टको सिलान्यास गरिएको छ । यस्तै, बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन भएको छ ।
अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाईपलाइनको शिलन्यास, गोरखपुर–न्यू बुटवल चार सय केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्टलाई अघि बढाइने सम्झौता भएको छ ।
भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने समझदारी भएको छ। अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि समझदारी भएको छ ।
सम्झौता गरिएका परियोजनाहरू
१. नेपाल-भारत पारवहन सम्झौता नवीकरण
२. सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्याउने ।
३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने ।
४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने
५. तल्लो अरुणको पिडिए गर्ने
६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने
७. डिजिटल पेमेन्ट सम्झौता
शिलान्याय, उद्घाटन
– सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास
– नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन
– बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन
– अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास
– गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास