काठमाडौँ । एनएमबी बैंक लिमिटेडले महोत्तरी जिल्लाको नेपाल– भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिकास्थित बैंकको शाखामा भएको लुटपाटबारे अनुसन्धान भइरहेको जनाएको छ ।
मंगलबार अपरानह करिब १२:२५ को समयमा ३–४ जनाको समूहमा रहेका अपरिचित बन्धुकधारी व्यक्तिहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटिएको जनाउँदै कसैलाई पनि कुनै गम्भीर चोटपटक नलागेको जनाएको छ ।
उक्त घटनामा संलग्न व्यक्तिहरुलाई आवश्यक कानूनी कारबाही गर्नको लागि हाल बैंकद्वारा सम्बन्धित निकायमा अनुरोध गरिसकेको र घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भै रहेको बैंकले जनाएको छ ।
बैंकले अनुसन्धान पश्चात प्राप्त हुने थप विवरणको जानकारी पछि गराइने पनि विज्ञप्तिमा उल्लेख छ ।






















