काठमाडौँ । टर्कीको राष्ट्रपतिमा फेरि रेसेप तैयप एर्दोगान निर्वाचित भएका छन् । राष्ट्रपतिका लागि आइतबार भएको चुनावमा विजयी हासिल गर्दै फेरि पाँच वर्षका लागि रेसेपले आफ्नो कार्यकाल सुनिश्चित गरेका हुन् ।
दोस्रो चरणको चुनावमा एर्दोगानले आफ्ना प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुलाई हराउँदै जित हात पारेका हुन् । जितपछि एर्दोगानले साढे आठ करोड देशवासीले जितेको भन्दै राजधानी अंकरामा खुशी मनाएका छन् । तर, उनका प्रतिद्वन्द्वी विपक्षी गठबन्धनका नेता किलिचदारोग्लुले भने स्पष्टरूपमा जित स्वीकार गरेका छैनन् ।
राष्ट्रपति एर्दोगानले करिब ५२ प्रतिशत र किलिचदारोग्लुले करिब ४७ प्रतिशत मत पाएका छन् । नाटो गठबन्धनमा रहेर पनि पश्चिमाहरूको निर्देशन नमान्ने एर्दोगानको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ट सम्बन्ध छ । (एजेन्सी)