काठमाडौं । आइसीसीले भारतमा हुने विश्वकप क्रिकेटको छनोट खेलको तालिका सार्वजनिक गरेको छ ।
नेपालले विश्वकप क्रिकेट छनोटमा आयोजक जिम्बावे र वेस्ट इन्डिजसँग खेल्ने भएको छ ।
जसमा नेपालले पहिलो खेल जिम्बावेविरुद्ध खेल्ने भएको हो । तालिकाअनुसार नेपालले असार ७ गते जिम्बावेसँग खेल्नेछ ।
त्यस्तै दोस्रो खेल अमेरिकाविरुद्ध असार ५ गते खेल्नेछ भने असार ७ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।
समूह चरणको खेलअघि नेपालले दुइटा अभ्यास खेल खेल्ने भएको छ। नेपालले जेठ ३० गते युएईविरुद्ध र जेठ ३२ गते ओमानविरुद्ध अभ्यास खेल खेल्नेछ।
राष्ट्रिय खेलकुद परिषद (क्यान)ले जिम्बावे टूरका लागि नेपालको प्रारम्भिक टोली सोमबार घोषणा गरेको छ । टोलीमा रोहित पौडेलको कप्तानीमा २२ जना समेटिएका छन् ।