काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो। आइतबार राति बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ परेका रायमाझीलाई प्रहरीले सोमबार सरकारी विकल कार्यालयमा पेस गरेको थियो।
एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले यसअघि नै निलम्बन गरेको थियो। यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानलाई अघि बढाएको छ ।




















