काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने तर्क गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्ने नहुने बताएका छन् । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्ने उनले उल्लेख गरेका छन् ।
महासचिव पोखरेलले मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने भन्दै एमाले एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दाबी गरेका छन् ।
मार्क्सवाद र जनताको जबज मार्गदर्शनमा अघि बढेको एमाले यथास्थितिवादी हुन नसक्ने भन्दै एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको बताएका छन् ।
माओवादी केन्द्रसँगको एकताले एमालेमा वैचारिक राजनीतिक काम हुन नसकेको र संगठनात्मक अराजकता बढेर गति केही कमजोर भए पनि अहिले मिसन ग्रासरुटले त्यो गतिहीनता अन्त्य गरेको दाबी गरेका छन् । मिसन ग्रासरुटले एकीकृत शक्ति निर्माणको जग तयार भएको उनको दावी छ ।
महासचिव पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्त गर्न नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रुपमा सुदृढ गर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गर्न सवैमा आव्हान समेत गरेका छन् ।
सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन् – “अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ ।भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुदैनन् ।
नेकपा (एमाले) विचारको जगमा खडा भएको जीवन्त पार्टी हो । समाजवाद नेकपा (एमाले)को लक्ष हो । जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको नेकपा९एमाले०को वाटो हो ।
मार्क्सवाद र जनताको वहुदलिय जनवादको मार्गदर्शनमा अघि वढेको पार्टी यथास्थितिवादी हुन सक्तैन । यो निरन्तर गतिशिल प्रवाहमा अघि वढ्ने गर्दछ ।
माओवादी केन्द्रसंगको पार्टी एकतासंगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन । संगठनात्मक अराजकता वढेर गयो । परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो । संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो ।
मिसन ग्रासरुटले गतिहिनता तोडेको । नयाँ गतिको आधार सिर्जना गरेको छ । एकिकृत शक्ति निर्माणको जग तयार गरेको छ ।
नयाँ स्वतः विकल्प हुने, राम्रो र सफलहुने होइन । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्दछ ।
नेकपा९एमाले०को पाँचौ केन्द्रीय कमिटीको पूर्ण वैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ ।
विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्दछ ।
आउनुहोस मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्त गर्न नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रुपमा सुदृढ गर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गरौ ।”