काठमाडौं । कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यौन दुव्र्यवहारको आरोपमा खोटाङ प्रहरीले आज बिहान राईलाई उनले सञ्चालन गरेको ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम् फाउन्डेसन) बाट नियन्त्रणमा लिएको हो ।
राईको शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागे पछि
सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले बताएका छन् ।
शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ । उनले विद्यार्थीमाथि यौनदुव्र्यवहार गर्ने गरेको, विद्यार्थीकै अगाडि अस्लिल गतिविधि गर्ने गरेको, अशिष्ट र अस्लिल भाषामा बोल्ने गरेको समाचार र भिडियो एक अनलाइनमा बिहीबार प्रकाशित भएपछि सो सामग्री सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मदनले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने र आफू नग्न भएर विद्यार्थीसामु आपत्तिजनक हर्कत गर्दै आएका खुलेको छ।

























