काठमाडौं । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेर उडेको हेलिकोप्टर दुर्घटना परेको खबर आएपनि विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएपछि घटनास्थलमा प्रहरीको टोली पठाइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताएका छन् ।



















