धादिङ । पृथ्वी राजमार्गमा आज पनि सवारी आवागमन अवरुद्ध छ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुलसँग जोडिएको सडक भाँसिदा पृथ्वी राजमार्ग भएर जाने सवारी आवागमन हिजोदेखि बन्द रहेको हो ।
पूर्वबाट आउने सवारी साधनका लागि वैकल्पिक सडकको रुपमा त्रिभुवन लोकपथ, कान्तिमार्ग र अन्यका लागि गल्छी हुदै त्रिशुलीको बाटो एवं धार्के केवलपुर हुदै गल्छि निस्कने बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो । वर्षाले पुलको धुनीबेँसी पट्टिको भाग भासिएको छ । हिजैदेखि मर्मत शुरु भएको छ ।



















