काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप स्वास्थ्य उपचारका लागि भारत लैजाने तयारी भएको छ ।
टिचिङ अस्पतालमा मंगलबारदेखि भर्ना भएर उपचाररत राष्ट्रपति पौडेलको पेट र छातीमा देखिएको स्वास्थ्य समस्या सुधार नभएपछि चिकित्सकको सल्लाहमा श्री एयरलाइन्स मार्फत भारत लैजाने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलको पेटमा देखिएको इन्फेक्सन नघटेपछि भारतको एम्स अस्पतालमा उपचार गराउन लैजान लागिएको हो ।
यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि भर्ना भएर चैत २२ गते डिस्चार्ज हुनुभएको थियो ।