तनहुँ । सत्ता गठवन्धनका शीर्ष नेताहरुले आज तनहुँमा हुने चुनावी सभालाई सम्वोधन गर्ने भएका छन् । तनहुँ– १ को उपनिर्वाचनका लागि बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा हुने चुनावी सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत गठबन्धन दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहेका छन् ।
यसैगरी, पाँच दलीय गठबन्धनले वैशाख ७ गते आँबुखैरेनी बजारमा सभा गर्ने बताइएको छ ।