विश्वको सबैभन्दा बढी उचाईमा रहेको ‘तिलिचो ताल’ हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्छ । समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा रहेको यो तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर रहेको छ । यस पटक चैतमा हिउ परेका कारण ताल जमेको छ । पानी देखिएको छैन । अब जेठतिर छेउछाउको हिउ पग्लिनुका साथै तालको पानी पनि देख्न सकिने खाङसारका मुखिया गुरुङले बताएका छन् । ताल हेर्न दैनिक सयौं देशी–विदेशी पुग्ने गरेका छन् । असोज–कात्तिकमा दैनिक हजारौं पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । तिलिचो तालको वरपर तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल रहेका छन् ।
तस्बिर : काजीबहादुर बस्नेत (रबिन), मार्गदर्शन