काठमाडौँ । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी ९ जना घाइते भएका छन् ।
दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो । आगलागीको कारण बारेमा केही खुलाइएको छैन । (एजेन्सी)

























