काठमाडौं । थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभरबाट १४२४ नमूना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९७ र एन्टीजेनबाट १२२७ नमुना परीक्षण गर्दा पीसीआरबाट ३४ र एन्टिजेनबाट १०२ को रिपोर्ट पोजिटिभ आएको हो ।
यो अवधिमा ६८ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ४०१ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।




















